phone icon 01-5901492/93

Notice

news_banner
Dec-20-2022

नेपाल विद्युतीय व्यवसायी महासंघको सत्रौं वार्षिक साधारण सभा मिति २०८३ साल असोज ०३ गते, शनिबार अपराह्न १ः०० बजे देखि होटल पाम इन्टरनेसनल मिलनचोक, बुटवल, रूपन्देही हुन र्गरहेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको सत्रौं वार्षिक साधारण सभा मिति २०८३ साल असोज ०३ गते, शनिबार अपराह्न १ः०० बजे देखि होटल पाम इन्टरनेसनल मिलनचोक, बुटवल, रूपन्देही हुन र्गरहेको छ ।

मितिः २०८३/०५/०२ श्रीमान सदस्य ज्यूू, संस्थागत एवं एसोसिएट सदस्य नेपाल विद्युतीय व्यवसायी महासंघ बिषय : नेपाल विद्युतीय व्यवसायी महासंघको सत्रौं वार्षिक साधारण सभाको सूचना । महोदय, उपरोक्त सम्बन्धमा यस नेपाल विद्युतीय व्यवसायी महासंघको कार्यकारीणी समितिको मिति २०८३ श्रावण २४ गते सम्पन्न नियमित सातौं बैठकबाट भएको निर्णय बमोजिम महासंघको सत्रौं वार्षिक साधारण सभा तपसिल बमोजिम हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । तपसिल सभा हुने स्थान : होटल पाम इन्टरनेसनल, मिलनचोक, बुटवल, रूपन्देही, नेपाल ।
मिति : २०८३ साल असोज ०३ गते, शनिबार ।
समय : अपराह्न १ः०० बजे देखि
(शंकर देवकोटा) महासचिव एवं सदस्य सचिव सत्रौं वार्षिक साधारण सभा, मूल आयोजक समिति नेपाल विद्युतीय व्यवसायी महासंघको सत्रौं वार्षिक साधारण सभा कार्यक्रम तालिका

मितिः २०८३/०६/०३ नाम दर्ता एवं चियापान : सभास्थल (अपराह्न १२ः०५–१२ः५५ सम्म) समुद्घाटन सत्रः समुद्घाटनः अपराह्न १ः०० बजे देखि । १. सभापतित्व – अध्यक्ष श्री दिलिप कुमार अग्रवाल २. आसन ग्रहण – प्रमुख अतिथि, अतिथिज्यूहरु ३. स्वागत मन्तव्य – अध्यक्ष श्री दिलिप कुमार अग्रवाल ४. समुद्घाटन – प्रमुख अतिथिज्यू ५. मन्तव्य – अतिथिज्यूहरू ६. कदर तथा सम्मान कार्यक्रम – प्रमुख अतिथिज्यूबाट ७. सभालाई सम्वोधन – प्रमुख अतिथिज्यूबाट ८. मायाको चिनो प्रदान – प्रमुख अतिथि, अतिथिज्यू तथा अन्य ९. धन्यवाद ज्ञापन – संयोजक, मूल आयोजक समिति हाइ–टी : अपराह्न ३ः०० – ३ः३० बजे सम्म

बन्द सत्रः शुभाारम्भः अपराह्न ३ः३० बजे देखि बन्द सत्रका कार्यक्रमहरु : १. महासचिवद्वारा सभामा कोरमको जानकारी । २. अध्यक्ष श्री दिलिप कुमार अग्रवालबाट सभालाई सम्बोधन, सो उपर छलफल तथा अनुमोदन । ३. महासचिव श्री शंकर देवकोटाबाट महासंघको वार्षिक प्रतिवेदन प्रस्तुत, सो उपर छलफल तथा अनुमोदन । ४. कोषाध्यक्ष श्री राजेश गौतमबाट आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत, सो उपर छलफल तथा अनुमोदन । ५. आ.व. २०८३/०८४को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने । ६. महासंघको विधान संसोधन सम्बन्धमा । ७. साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने २ जना प्रतिनिधी चयन । ८. विविध । ९. सभापति/ अध्यक्षज्यूद्धारा धन्यवाद ज्ञापन सहित साधारण सभा समापन मन्तव्य । रात्रिभोज : साँझ ०६ः०५ बजेदेखि । प्रतिनिधी छनौट तथा अन्य केही जानकारी (क) प्रतिनिधी एवं उम्मेदवार छनौट सम्बन्धमाः महासंघका नविकरण भएका संस्थागत सदस्य र एसोसियट सदस्य साधारण सभाका प्रतिनिधि हुनेछन् । महासंघका संस्थागत सदस्यहरूमा प्रत्येक नगर संघ तथा जिल्ला संघहरूबाट प्रति १० सदस्य बराबर एक जनाका दरले नबढ्ने गरी प्रतिनिधि मण्डल पठाउनु पर्नेछ । महासंघ कार्यसमितिका पदाधिकारीहरू र का.का.सदस्यहरू एवम् जिल्ला/नगर संघका अध्यक्ष मताधिकार सहितको पदेन प्रतिनिधि हुनेछन् एवं महासंघ गठन (रुपान्तरण) हुँदाको बखत सम्बन्धीत जिल्लामा संघ गठन गरि विधिवत रुपमा सम्बन्धीत निकायमा दर्ता भै महासंघ बन्नको लागि समर्थन गर्ने नगर/जिल्ला संघका संस्थापक अध्यक्षहरु पदेन प्रतिनिधि हुनेछन् । महासंघको विधान–२०६७ को दफा १०(ख) का प्रतिनिधि चयन गरी पठाउँदा नगर/जिल्ला संघहरूबाट महासंघको साधारण सभा मिति भन्दा ७ (सात) दिन अगावै महासंघको सचिवालयमा आई पुग्ने गरि आ.व. २०८३/०८४ सम्मको नविकरण शुल्क (जिल्ला/नगर संघको हकमा जिल्ला/नगर संघमा आबद्ध प्रति सदस्य रु.३००।–का दरले), साधारण सभा प्रतिनिधिहरूको नामावली, सम्बन्धित संघको निर्णय पुस्तिका (माइन्युट)को प्रतिलिपिका साथ महासंघमा प्राप्त भईसक्नु पर्नेछ । प्रतिनिधी छनौट महासंघको विधानमा भएको व्यवस्था अनुसार गर्नु पर्ने छ । पुनश्चः नेपाल विद्युतीय व्यवसायी महासंघको विधानको प्रतिलिपि यसैसाथ संलग्न गरी तथा ध्जबतकब्उउ बाट पठाईएको छ । सोही अनुसार प्रतिनिधि चयन गरि पठाउनु पर्ने छ । यस वार्षिक साधारण सभामा भाग लिने सबै प्रतिनिधिहरू (पदेन प्रतिनिधिहरु समेत) को लागि प्रतिनिधि शुल्क प्रति व्यक्ति वापत रु.२,०००।–(दुई हजार) लाग्ने छ । साथै साधारण सभामा परिवेक्षकको रुपमा सहभागी हुन चाहने व्यक्तीले प्रवेश शुल्क वापत रु.५,०००।–(रु. पाँच हजार रुपैंया मात्र) महासंघलाई बुझाउँनु पर्ने छ एवं परिवेक्षकको रुपमा सहभागी हुने व्यक्तीले साधारण सभामा आफ्नो मत राख्न पाइने छैन् । (ख) नविकरण तथा बाँकी बक्यौताः महासंघका संस्थागत सदस्य एवं एसोसियट सदस्यहरुले आ.व. २०८३/०८४ सम्मको नविकरण शुल्क एवं बाँकी बक्यौता साधारण सभा हुने मिति भन्दा सात दिन अगावै बुझाइ सकेको हुनुपर्नेछ । सदस्यता शुल्क बैंक दाखिला गरेको भौचर र सदस्यता नामावली महासंघको सचिवालयमा वा महासंघको इमेलमा पठाउनु पर्ने छ । कुनै पनि बाँकी बक्यौता रहेका सदस्यहरुले महासंघको साधारण सभामा भाग लिन पाउने छैनन् । आ.व. २०८३/०८४ को सदस्य नविकरणको आधारमा प्रतिनिधी संख्या गणना हुने छ । (ग) आवास तथा भोजन सम्बन्धमाः नेपाल विद्युतीय व्यवसायी महासंघको साधारण सभामा भाग लिन आउनुहुने प्रतिनिधिज्यूहरू एवं परिवेक्षकज्यूहरुको लागि मिति २०८३ असोज ०३ गते शनिबार एक रातको लागि आवास (क्जबचष्लन द्यबकष्क) को व्यवस्था गरिएको छ । आवास व्यवस्थापनको लागि मिति २०८३ भाद्र २८ गते साँझ ५ः०० बजे भित्र महासंघको सचिवालयमा नामावली प्राप्त भएको हुनुपर्ने छ । अन्यथा व्यवस्थापन गर्न असर्मथन रहने जानकारी गराँउदछौं । महासंघबाट साधारण सभाका प्रतिनिधीज्यूहरुलाई मात्र आवासको व्यवस्था गरिएकाले प्रतिनिधी बाहेक (यहाँसंग आउनुहुने ड्राइभर एवं अन्य) व्यक्तीहरु स्वयंले आवासको व्यवस्था गर्नुपर्ने छ । आवास व्यवस्थापनको लागि महासंघका कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश संयोजक) श्री दिपक पौडेलज्यू (मोवाइल नं.९८५७०३६३४७) लाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । (घ) सल्लाह सुझाव पठाउने सम्बन्धमाः यस महासंघको आगामी बार्षिक कार्यक्रमका लागि नीति निर्माण एवं कार्यक्रमहरू प्रति यहाँको राय सुझावले यस महासंघको संगठनात्मक संरचनामा महत्वपूर्ण योगदान पुग्ने हुँदा यहाँहरुसंग कुनै महत्वपूर्ण सल्लाह सुझाव भए आ–आफ्नो राय सुझाव लिखित रूपमा सभा हुनु भन्दा सात दिन अगाबै महासंघको सचिवालयमा आईपुग्ने गरि पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै यहाँको सक्रिय एवं सकारात्मक सल्लाह सुझावको अपेक्षा गर्दछौं ।